दशैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा यो दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिवार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छा कामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x