सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ९ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार चैत ८ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x