- निवेदनसाथ कम्पनीको www.nepalre.com.np मा प्रकाशित यस कम्पनीको पुनर्बीमा विज्ञ छनौट तथा सिफारिश सम्बन्धी कार्यविधि, २०७४ को दफा ३ बमोजिमका कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदक स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ।
- निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपयुक्त कार्यविधिको दफा ६ बमोजिमको व्यवसायिक कार्ययोजना (तीन हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी कम्पनीमा पेश गर्नु पर्नेछ। खामबन्दी प्रस्तावको खामबाहिर नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पुनर्बीमा विज्ञका लागि आवेदन तथा व्यवसायिक कार्ययोजना उल्लेख गरेको हुनु पर्नेछ।
- पुनर्बीमा विज्ञको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि २०७४ बमोजिमको काम, कर्तव्य तथा अधिकार र व्यवसायिक कार्ययोजनामा समावेश गर्नुपर्ने विषयका सम्बन्धमा कम्पनीको www.nepalre.com.np बाट जानकारी लिन सकिनेछ।
- यो सूचना बमोजिम प्राप्त भएका निवेदन छनौट तथा सिफारिस कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सकिनेछ।
- झुट्टा विवरण वा कागजात पेश गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानून बमोजिम कारवाही हुनेछ।
- यस सम्बन्धी थप जानकारीका लागि यस कम्पनीको कार्यालय वा टेलिफोन नं.०१-५३१८४५८ मा सम्पर्क गर्न सकिनेछ।