नेपाल बैङ्क र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता

नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरूमा रहेका अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र  ग्राहकहरूलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई. भि. एफ प्याकेजमा कर्मचारीहरूलाई रु. १५,००० र नेपाल बैङ्क लिमिटेडका ग्राहकहरूलाई रु. १०,००० छुट हुने भएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नवीन विष्टले  हस्ताक्षर गर्नुभयो ।

यसबाट नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैङ्कमा खाता रहेका ग्राहकहरूले काठमाडौँ स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगन्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का अस्पताल र  क्लिनिकहरूले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x