न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.(NCMHPL)र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई विराटनगर–८,मोरङ्ग स्थित न्युरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ( NCMHPL )ले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान,न्युरो सर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसूति तथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ्य तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच न्युरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ( NCMHPL ) का सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैङ्क लि.गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झा(BM)ले समझदारी ज्ञापन पत्र(MOU)मा हस्ताक्षर गर्नुभयो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्युआर प्रणाली द्वारा न्युरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ( NCMHPL )लाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्युरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ( NCMHPL )ले निरन्तर स्तरीय न्युरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूका लागि न्युरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ( NCMHPL )मा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूमा प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा शेयर होल्डरलाई १०∞ र प्रभु बैङ्कका कर्मचारीहरूलाई १५∞ सम्मको  छुट व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x