महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैङ्कको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’


सिद्धार्थ बैङ्क लिमिटेड ले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ ।

महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसै गरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ ।


यसका लागि बैङ्कले इन्टरनेशनल फाइनान्स कर्पोरेसनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्याङ्कन प्रणाली विकास गरेको छ । यस प्रणालीले परम्परागत बैंकिङ्ग अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषण गर्दछ । यस व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x