प्रभु बैङ्कका कर्मचारी तथा परिवारजनहरू, प्रभु बैङ्कका डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा.लि बिच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार प्रभु बैङ्कका कर्मचारी तथा परिवारजनहरू, प्रभु बैङ्कका डेबिट तथा क्रेडिट कार्डवाहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार रु १,७५,००० सम्म नगद छुट पाउने छन् ।
उक्त सम्झौता पत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैङ्क लि.का तर्फबाट Central Business Centre का प्रमुख लेख बहादुर पुन को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । यो सम्झौता ०७ सेप्टेम्बर २०२६ देखि प्रारम्भ भई ०६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।
न्यान्सी अटोमोबाइल्स र प्रभु बैङ्क लि. बिच विशेष छुट सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
