मनकामना केबुलकार: २७औँ वर्ष प्रवेश, डिजिटल प्रणालीमा स्तरोन्नति

नेपालकै पहिलो केबुलकार, मनकामना केबुलकार सेवा शुभारम्भको २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २६औँ वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केबुलकारका साथै नेपालकै केबुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई सम्झँदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो ।

केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

२६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ ।

साथै मनकामनामा केबुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

“रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ,” मनकामना दर्शन प्रा.लि. का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने, “रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने छ ।”

सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीको भनाई छ । स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उनको पुण्य नीति अनुसार हामीले सुरुदेखि नै सामाजिक व्यावसायिक उत्तरदायी नीति अङ्गाली आएको निर्देशक श्रेष्ठले बताए ।

“यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “विनाशकारी गोरखा भूकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । सिएसआर नीति अनुसार नै हामीले केबुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत ९१ प्रतिशत०का दरले कुल २ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएका छौँ ।”

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना यात्रुहरूलाई, सहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिका, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने शुभेच्छुकहरूका साथै, कर्मचारीहरूलाई कृतज्ञता ज्ञापन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x