विश्व लगानीकर्ता सप्ताह २०२४ मा सनलाइफ क्यापिटलद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरू,युवा विद्यार्थीहरू, व्यावसायिक महिला, उद्योग व्यवसायीहरू लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।

धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा आयोजना भई रहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटल लि. ले यही २०८१ कार्तिक ८ गते आम लगानीकर्ताहरू, व्यावसायिक महिला तथा व्यावसायिक व्यक्तित्वहरू को सहभागितामा बनेपाको होटेल उग्र चण्डीमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभूमि, नेपाली धितोपत्र बजारको प्राविधिक विकास, लगानीका आधारभूत पक्षहरू, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामूहिक लगानिकोष र योजना सम्बन्धी बृहत् जानकारी र लगानी व्यवस्थापन सम्बन्धी विषयहरू समेटेर प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको थियो ।

साथै युवा विद्यार्थीहरूलाई लक्षित गरेर विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा सनलाइफ क्यापिटल लि. ले यही २०८१ कार्तिक ११ गते एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुल गल्कोपाखा,काठमाडौँमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x