काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नुवाकोट जिल्लाको साबिक कबिलास गाविस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरेको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगन्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
