बागलुङ बजारस्थित इला कम्फर्ट होटेलमा आज पूर्व राजा ज्ञानेन्द्र शाहको आगमन भएको छ। उक्त अवसरमा पूर्व राजासँग नेपालको गौरवमय इतिहास र समृद्ध भविष्यका विषयमा छलफल भएको होटेलका प्रतिनिधि सचिन ढकालले जानकारी गराउनुभएको छ।
ढकालका अनुसार भेटवार्ताको क्रममा उनले पूर्व राजा शाहलाई नेपालको हस्पिटालिटी क्षेत्र र यसमा आफूहरूले गरिरहेको क्रियाकलापको बारेमा जानकारी गराउनुभएको थियो।
पूर्व राजा शाहको उपस्थितिले होटेल परिवारलाई हर्षित बनाएको बताउँदै उहाँले भन्नुभयो, "उहाँलाई इला कम्फर्टमा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ।"
पूर्व राजा शाहको बागलुङ भ्रमणलाई लिएर स्थानीयहरूमा पनि उत्सुकता देखिएको छ।
बागलुङमा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिति: इला कम्फर्ट होटेलमा स्वागत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%
