धितोपत्र बजारमा ४.९४ अंकको वृद्धि, नेप्से परिसूचक २३२५.४५ को विन्दुमा | NEPSE



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ९४ अंकले बढेर २३२५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०६ अंकले बढेर ४४३ दशमलव १४ को विन्दुमा पुगेको छ ।

आज कूल २३१ कम्पनीका ३९ लाख ९१ हजार ०५१ कित्ता शेयर रु १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्य पाँच उपसमूहको शेयर ओरालो लागेका छन् । होटल तथा पर्यटन उपसमूह ३० दशमलव ९८ अङ्कले बढ्दा विकास बैंक उपसमूह ३५.१२ अङ्कले, जलविद्युत उपसमूह १०.६१ अङ्कले, उत्पादन उपसमूह १३.४२ अङ्कले, अन्य उपसमूह ३५.८५ अङ्कले, लघुवित्त उपसमूह ६.७६ अङ्कले, जीवन बीमा उपसमूह ७४.१४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३४ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह ४ दशमलव ५८ अङ्कले, ट्रेडिङ उपसमूह १८.७३ अङ्कले, वित्त उपसमूह १२.१७ अङ्कले, निर्जीवन बीमा ८५.२ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले घटेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x