
ज्ञानमाण्डू।महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ) फागुन १४ गते, शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । महिला लघुवित्तले आईपीओ माघ ३० देखी फागुन ५ गते सम्म सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।
कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकहरू मध्य ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्तालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताकाे दरले शेयर बाँडफाँट भएकाे कुरा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएकाे छ ।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर(आईपीओ) निष्काशन गरेको थियाे । लघुवित्तले निष्कासनमा ल्याएको कुल ४ लाख कित्ता शेयर मध्ये ० दशमलव ५ प्रतिशतले हुन आउने (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको थियाे भने ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरि बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुलाएको थियो।
आईपीओ नतिजा हेर्नका लागि निम्न लिंकहरूमा क्लिक गर्नुहाेस् ।