आइएमई जनरल इन्स्योरेन्सद्वारा आफ्ना अभिकर्ताहरुलाई Virtual Training

ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई Virtual Training को आयोजना गरेको छ ।
 


 
कम्पनीले मिति २०७७ साल भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

IME General Insurance Company Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x