महुली लघुवित्तकाे नाफा ७ करोड ६३ लाख ४२ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ कराेड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ७ कराेड ६३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महुली लघुवित्तले ४ अर्ब २४ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, महुली लघुवित्तले २ अर्ब १३ करोड ७८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २६ करोड ५४ लाख रुपैयाँ रहेको छ।

महुली लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४०.५४ प्रतिशतले बढेर २२ करोड ३० लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.५९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x