ऋषि पञ्चमी विश्वास: पाप निवारण गर्ने पूजा !

ज्ञानमाण्डू। ऋषि पञ्चमीको दिन थियो, आमाले बिहानै उठेर ऋषि पञ्चमीको व्रत र पूजाको सुरसार मा लाग्नु भयो। हजुरआमाले आफ्नो नातिनीसँग भलाकुसारी गर्दै हुनुहुन्थ्यो। यतिकैमा नातिनीले ऋषि पञ्चमीको महत्त्वबारे जिज्ञासा राखेपछि, हजुरआमाले कथा सुरु गर्नु भयो " धेरै पहिलाको कुरा हो , एकादेशमा एउटा विदर्श नाम गरेको देशमा एक जना ब्राह्मण बस्ने गर्दथे। उनका एउटा छोरा र एउटी छोरी थिइन्।उनका छोरा सानै उमेरमा वेदमा पाराङन् भए। उनकी छोरी भने पूर्व जन्मको पापका कारण सानै उमेरमा विधवा भइन्। केही समयपछि छोरीको शरीरभरि खटिरा आएर किरा परेछ।"

यतिकैमा हजुरआमालाई रोक्दै नातिनीले प्रश्न गरिन् " के पाप गरिछन् र हजुरआमा ती छोरीले? किन त्यति धेरै पाप लागेछ?" 

हजुरआमाले आफ्नो कथालाई निरन्तरता दिँदै भन्नु भयो " तिमीलाई जस्तै जिज्ञासा त्यस ऋषिलाई पनि लागेछ र उसले आफ्नो छोरीमाथि पर्न गएको बज्रपात को कारण पत्ता लगाउने कोसिस गरेछन्। पत्ता लगाउँदै जाँदा के पत्ता लागेछ भन्दा - उसकी छोरीले पहिलो जन्ममा रजस्वला भएको बेला छुवाछुत बार्दिन थिइन्। त्यति मात्र नभएर उनले ऋषि पञ्चमीको व्रतको पनि अवहेलना गर्थिन्। उनले ऋषि पञ्चमीको अवहेलना गरे पनि, व्रत नलिए पनि पञ्चमीको पूजा भने हेर्ने जस्तो पुण्यको काम गर्ने भएकै कारण उनको जन्म ब्राह्मणको परिवारमा भएको थियो।" 

‌जिज्ञासु हुँदै फेरि नातिनेले सोधिन् " अनि त्यसपछि के भयो त हजुरआमा? के उनी ठिक भइन् त?"

हजुरआमाले भन्नु भयो " हो उनी ठिक भइन्। कारण पत्ता लागिसकेपछि ती ब्राह्मणले आफ्नी छोरीलाई पञ्चमीको व्रत बस्न अर्ती दिए। आफ्नो बाबुको अर्ती लाई शिरोपर गर्दै ती छोरी व्रत बसिन, सप्त ऋषिको विधिवत् रूपमा पूजाआजा गरेपछि उनी पापमुक्त भएर खुसी र सुखी जीवन बिताउन थालिन्।" 

जिज्ञासु नातिनीले फेरि प्रश्न फेरि आयो " के साँच्चै नै ऋषि पञ्चमीको व्रत र पूजा गर्‍यो भने सबै पापबाट मुक्त भइन्छ?" 

"हो नानी, हाम्रो शास्त्रमा लेखिए अनुसार रजस्वला हुनु भनेको अघिल्लो जन्मको पापको फल हो र यस्तो बेला छुवाछुत बारेन भने पाप लाग्ने, पुरुषहरूलाई छोयो भने त्यस पुरुषलाई नराम्रो हुने, बोट वृक्षे लाई छोयो भने बोट वृक्षे मरेर जाने मान्यता रहेको छ। त्यस कारण यो सबै रजस्वला र रजस्वलाको बेला हुने त्रुटि र दोषहरूलाई निवारण गर्न ऋषिहरूको पूजा गर्ने चलन रहेको छ। " 

त्यसपछि त्यो कलिलो दिमाग मा पर्न गएको असरको बारेमा मैले भन्नु जरुरी छ जस्तो लाग्दैन किनकि लगभग सबैको घरमा महिलाहरूले ऋषि पञ्चमीको व्रत लिँदै आइरहेको देखेका छौँ।

कति भयानक, आश्चर्यजनक र दर्दनाक छ विषयवस्तु र यसलाई हास खुसी सिरोधर गर्ने प्रचलन पनि कायमै छ।

रजस्वला पाप कसरी भयो होला त? रजस्वला मानव जीवनको सुरुवात हुने कारक तत्त्व हो भनेर जाने बुझेकाहरूले पनि यस्तो मान्यतालाई अपनाउँदै जानु कतिको जायज कुरा होला? 

हामीहरू सम्पूर्ण मानव जातिको सृजना भनेकै त्यही रजस्वला हुँदाको रगतबाट भएको छ। यदि त्यसलाई पाप हो भन्ने हो भने त हामी सबै पापबाट उत्पन्न भएका पो रहेछौँ त। एउटा पापले अर्को पापलाई छुवाछुत गर्न जरुरी पनि देखिएन। पुरुषको सृजना पनि त त्यही बाट भएको हो, महिलाहरूले मात्र पाप पखाल्न किन जरुरी छ त? सृजक नै अशुद्ध छ भने सृजना कसरी शुद्ध? प्रश्नहरू यति धेरै छन् जस्काे उत्तर कोही सँग छैन ।

महिला , जनजाति, आदिवासी , दलित हुनु भनेको पापको भारी बोकेर जन्मिनु हो। खुलेर जिउने अधिकार छैन। आफ्नो पहिचान लाई धिक्कार्दै जिउने उनीहरूको कर्तव्य हो भन्ने तरिकाले जसरी झल्काएको छ, यस्तो कुराको त हामीले विरोध गर्नु पर्छ। तर विडम्बनाको कुरा के छ भन्दा, पीडितहरू नै यसको जगेर्ना गर्नमा लागेका छौँ। हामीहरूलाई यो जन्ममा सुखी भएर बाचौँ या नबाचौँ अर्को जन्ममा शुद्ध भएर जन्मिनु छ। यस्तो भयानक मान्यतालाई शिरोपर गर्ने र यस्तो कुप्रथाहरूलाई मौलाउन दिने वातावरण मिलाउनु भनेको संस्कृतिको जगेर्ना नभई आफ्नै धर्म र संस्कृति माथि प्रहार हो।

संस्कृति र परम्परालाई समय र परिस्थिति अनुसार परिमार्जन गर्दै, नराम्रा कुराहरू को विरोध गर्दै र राम्रो कुराहरूलाई अपनाउँदै जाने हो भने हामीले हाम्रो धर्म र संस्कृतिको सम्मान लाई बढवा राख्न सक्छौँ।

ऋषि पञ्चमीको व्रत कहाँबाट सुरुवात भयो भन्ने बारेमा कुरा गर्दा भविष्योत्तर पुराणका अनुसार भगवान् इन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेछन्, त्यसपछि ब्रह्माजीले भगवान् इन्द्रले गरेको पापलाई मोचन गर्नका निम्ति त्यो पापलाई चार ठाउँमा बाँडिदिएछन्।

चार ठाउँ अनुसार पहिलो पापको पुल्ठो अग्निको धूवाँ मिश्रित ज्वालामा, दोस्रो नदिहरुमा बग्ने फिँज भएको वर्षाको जलमा, तेस्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने ऐँजेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रूपमा तथा चौथो नारीहरूको रजस्वलाको रूपमा । यस कारण रजस्वलाको समय लाग्ने पापहरूको निवारण को लागि महिलाहरूले यो व्रत बस्ने चलन बसेर गयो ।

शास्त्रका अनुसार त अझ ऋषि पञ्चमीको व्रत महिलाले मात्र नभएर , महिला र पुरुष दुवैले लिनु पर्ने बताएको छ। तर  नेपाली समाजमा चाहिँ महिलाले मात्र यो व्रत लिने प्रचलन छ।

न त ब्राह्मण को घरमा जन्मिनु पुण्यको कुरा हो न त  दलितको घरमा जन्मनु पापको भोगी हो। यो सबै शासक वर्गले शासन चलाउनको लागि अपनाएको रणनीति मात्र हो। यस्तो गलत मान्यताहरूलाई खारेज गरौँ र आफूले मान्दै आइरहेका चाडपर्वको महत्त्व र कारण को बारेमा जानकारी राखौँ।

-कामना पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x