नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घद्वारा आयोजित अन्तर बैङ्क फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तर बैङ्क फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैङ्क तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए । उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको विजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैङ्कले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कलाई २–१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैङ्कले आफ्नो सम्पूर्ण खेलहरूमा सहज जित निकालेको थियो ।
त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैङ्कका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि पनि जितिन् । साथै, बैङ्कका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरूमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बैङ्कले बताएको छ ।
विजेता ग्लोबल आइएमई बैङ्कको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेतृत्वमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागी भएका थिए । टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बैङ्कले बताएको छ ।
ग्लोबल आइएमई बैङ्क अन्तर बैङ्क महिला फुटसल २०८० को विजेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
