विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको लक्ष्मी सन्राइज बैङ्कले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरिका विभिन्न संस्थाहरूसँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरू लाभान्वित हुने गरी विविध सर सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । यसै क्रममा बैङ्कले नेपाल बाल सङ्घटन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
यसै गरी बैङ्कले कोसी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा Helpless Children Welfare Mission, मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौँडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको Rainbow Children Home Nepal, लुम्बिनी प्रदेशको कोरीहवाको अविनाश आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको New life Children's Heaven लगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्र बासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
लक्ष्मी सन्राइज बैङ्कद्वारा बालबालिकाका लागि सहयोग प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
