कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरूको सहयोगको लागि बैङ्कले उक्त डोनर बेड प्रदान गरेको हो ।
बैङ्कको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गर्नुभएको थियो । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैङ्कप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैङ्क गौरवान्वित भएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।
रक्त सङ्कलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैङ्कबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रममा बैङ्कका कर्मचारीहरू, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैङ्कले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कामना सेवा विकास बैङ्कद्वारा नेपाल रेडक्रसलाई डोनर बेड सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
