
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ५ दशमलव १३ अङ्कले बढेर २०६६ दशमलव ०५ को विन्दुमा कायम भएको छ। आज कूल २६९ कम्पनीहरूका ५५ लाख ०३ हजार ०२१ कित्ता शेयर रु. २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी हाेटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १६ करोड ९५ लाख ८२ हजार ६१० बराबरको शेयर कारोबार भयो । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु. ११ करोड २५ लाख ५१ हजार ०५८ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ९ करोड ९३ लाख ६२ हजार ३०९ कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ८ करोड ४० लाख ७८ हजार ८४४ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको रु. ६ करोड २२ लाख ५५ हजार ३७४ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            