
आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब २३ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात रु. ९ खर्ब ८८ अर्ब ५८ करोड रहेको थियो।
नेपालले विदेशी मुलुकबाट आयात गर्ने प्रमुख पाँच वस्तुहरू पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा र रसायनिक मल रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा यी अधिकांश वस्तुको आयातमा वृद्धि देखिएको छ।
केन्द्रीय बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिना सम्ममाको तथ्याङ्क अनुसार नेपालले आयात गर्ने प्रमुख वस्तु पेट्रोलियम पदार्थ रहेको छ। समीक्षा अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ६८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५७ अर्ब ९८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० लाख रुपैयाँ अर्थात् ०.४ प्रतिशतको वृद्धि हो। पेट्रोलियम पदार्थको आयातले नेपालको कुल वस्तु आयातको १४.१ प्रतिशत अंश ओगटेको छ।
समीक्षा अवधिमा नेपालले आयात गर्ने दोस्रो प्रमुख वस्तु कच्चा सोयाबिन तेल रहेको छ। चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले ६८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ३८ अर्ब ११ करोड रुपैयाँ बराबरको रहेको थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७९.४ प्रतिशतको वृद्धि हो। कच्चा सोयाबिन तेलको आयातले नेपालको कुल वस्तु आयातको ६.१ प्रतिशत अंश ओगटेको छ।
नेपालले आयात गर्ने तेस्रो प्रमुख वस्तु यातायातका साधन तथा पार्टपुर्जा रहेका छन्। चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले ६६ अर्ब ३१ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ५१ अर्ब ५ करोड रुपैयाँ बराबरको थियो। यो अघिल्लो वर्षको तुलनामा २९.९ प्रतिशतले वृद्धि भएको हो। यातायातका साधन तथा पार्टपुर्जाले नेपालको कुल वस्तु आयातको ५.९ प्रतिशत अंश ओगटेको छ।
अन्य मेसिनरी तथा पार्टपुर्जाको आयातले नेपालको कुल वस्तु आयातको ४.४ प्रतिशत अंश ओगटेको छ। चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले ४९ अर्ब ५७ करोड रुपैयाँ बराबरको अन्य मेसिनरी तथा पार्टपुर्जा आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ४३ अर्ब ३३ करोड रुपैयाँ बराबरको थियो। उक्त वस्तुको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.४ प्रतिशतले बढेको देखिन्छ।
नेपालले समीक्षा अवधिमा ४२ अर्ब ६३ करोड रुपैयाँ बराबरको रसायनिक मल आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १९ अर्ब ६१ करोड रुपैयाँ बराबरको रहेको थियो। यो अघिल्लो वर्षको तुलनामा ११७.४ प्रतिशतको उल्लेख्य वृद्धि हो। रसायनिक मलको आयातले नेपालको कुल वस्तु आयातको ३.८ प्रतिशत अंश ओगटेको छ।
नेपालबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, कच्चा सोयाबिन तेल, रसायनिक मल, सुन, चाँदी, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, दूरसञ्चार उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने औषधि र रेडिमेड गार्मेन्ट वस्तुको आयात घटेको छ।
कुल वस्तु आयात १३.६ प्रतिशतले बढ्यो, के हुन् नेपालमा आयात हुने प्रमुख वस्तु ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
