
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले बढेर २८२० दशमलव ४४ को विन्दुमा कायम भएको छ। आज कूल ३३५ कम्पनीहरूका ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर रु. १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ६७ करोड ७९ लाख ४३ हजार ५८८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटर को रु. ५६ करोड ८३ लाख ६९ हजार २६१ बराबरको शेयर कारोबार भएको छ ।
यता, कुमारी बैंक लिमिटेडको रु. ४४ करोड ७६ लाख ५९ हजार ४६९, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ४४ करोड ७६ हजार ८७५ र बलेफी हाइड्रोपावर लिमिटेडको रु. ३९ करोड ७० लाख ४३ हजार १७२ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
