
आर्थिक वर्ष २०८२/८३ को माघ सम्ममा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ थियो।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु सोयाबिन तेल हो। आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा ६६ अर्ब ७८ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ३२ अर्ब ४१ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको थियो। सोयाबिन तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको ३९.७ प्रतिशत अंश ओगटेको छ।
त्यस्तै, अलैँचीको निर्यातले नेपालको कुल वस्तु निर्यातको ५.१ प्रतिशत अंश ओगटेको छ। नेपालले आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.८ प्रतिशतले बढेको देखिन्छ।
पोलिस्टर धागोको निर्यातले नेपालको कुल वस्तु निर्यातको ४.६ प्रतिशत अंश ओगटेको छ। नेपालले आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको पोलिस्टर धागो निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको पोलिस्टर धागो निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले बढेको देखिन्छ।
नेपालले आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको जुटजन्य वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ अर्ब १७ करोड रुपैयाँ बराबरको जुटजन्य वस्तु निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.५ प्रतिशतले बढेको देखिन्छ।
नेपालले आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६ प्रतिशतले घटेको देखिन्छ।
नेपालबाट निर्यात हुने अन्य मुख्य वस्तुहरूमा जुस, पाम तेल, रेडिमेड गार्मेन्ट तथा पार्टिकल बोर्डहरू रहेका छन् ।
कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढ्यो, के हुन् नेपालले निर्यात गर्ने मुख्य वस्तुहरू ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
