साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर २०६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज कूल २६५ कम्पनीहरूका ५० लाख १० हजार ७१६ कित्ता शेयर रु. १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १५ करोड ५० लाख २६ हजार २०२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ८ करोड ४७ लाख ९४ हजार ९५७ बराबरको शेयर कारोबार भएको छ।
यता, नेपाल रिपब्लिक मिडिया लिमिटेडको रु. ७ करोड ५५ लाख ९९ हजार ०३९ कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. ५ करोड ३८ लाख ११ हजार ०३४ र सोल्टी हाेटल लिमिटेडको रु. ५ करोड ३४ लाख ७९ हजार ४९१ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
