आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर १९०५ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।

आज तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा ८ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ७.८५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ का शेयरधनीहरुले ५.१३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ४.५१ प्रतिशत र माछापुच्छ्रे बैङ्क लिमिटेडका शेयरधनीहरुले ४.०९  प्रतिशतका दरले कमाएका छन् ।

यता सन्राइज ब्लुचिप फण्डका लगानीकर्ताहरूले १० प्रतिशतले  गुमाउँदा सन्राइज फोकस्ड इक्विटी फण्ड ४.८८ प्रतिशत, पिलुल्स पावर लिमिटेड ४.६७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ ३.६१ प्रतिशत र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड ३.५० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x