
जीवन विकास लघुवित्त लिमिटेडले चैत्र ३० गते (आज) चौथो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी-२, माेरङ्गमा बिहान १०:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १४.२८५ प्रतिशतका दरले हुन आउने रकम रु. १४ करोड ७७ लाख ५४ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र ०.७१४ प्रतिशतका दरले हुन आउने रकम रु. ७३ लाख ८७ हजार ७१० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले यस लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्था पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा  गाभ्ने, गाभिने तथा प्राप्ति सँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरू अनुरूप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १७ गते देखि चैत्र ३० गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 
जीवन विकास लघुवित्तले आज चौथो वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            