सन नेपाल लाइफको शेयर लकइन अवधि भदौ १४ गते सकिने


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ। कम्पनीले सूचना जारी गर्दै उक्त मितिपछि सम्बन्धित शेयर कारोबारका लागि खुला हुने जनाएको हो।

लकइनमा रहेका शेयरमध्ये संस्थापक समूहको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता र कर्मचारीतर्फको ७ लाख ९२ हजार ४६९ कित्ता शेयर रहेका छन्। यी शेयरमा बोनस तथा हकप्रदबाट प्राप्त शेयरसमेत समावेश छन्।

प्रचलित धितोपत्र नियमावलीअनुसार कुनै पनि कम्पनीको आइपिओ बाँडफाँट भएको मितिदेखि संस्थापक तथा कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीका यी शेयरको लकइन अवधि अब समाप्त हुन लागेको हो।

यद्यपि, लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वमा रहेको शेयर भने प्रचलित व्यवस्थाअनुसार अझै कारोबारका लागि खुला नहुने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x