कालिका लघुवित्तले आज तेह्रौँ वार्षिक साधारण सभा गर्दै



कालिका लघुवित्त लिमिटेडले चैत्र २९ गते (आज) १३ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल टास्क इन्टरनेशनल प्रा. लि. को सभाहल, पोखरा महानगरपालिका-१०, बुद्धचाेक, कास्कीमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने रकम रु. ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ १६ पैसा बराबरको बोनस शेयर र १ प्रतिशतका दरले हुन आउने रकम रु. ३१ लाख २८ हजार ७५४ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।

सभाले वित्तीय संस्थाको हाल कायम कुल पुँजी संरचनामा संस्थापक तथा सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेकोमा नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए पश्चात् कार्यान्वयन गर्ने गरी संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १६ गते देखि चैत्र २९ गतेसम्मको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x