![]()
कुमारी बैङ्क लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। बैङ्कले उक्त शेयर आजदेखि बिक्रीमा राखेको जनाएको हो।
हालका लागि उक्त शेयर खरिदमा बैङ्कका विद्यमान संस्थापक शेयरधनीलाई मात्र प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगाल स्थित बैङ्कको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
बैङ्कका अनुसार बिक्री हुने शेयरको मूल्य सम्बन्धित विक्रेता शेयरधनीले निर्धारण गर्नेछन्। निर्धारित अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार अन्य व्यक्ति वा संस्थाका लागि समेत शेयर बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइनेछ।
कुमारी बैङ्कले यसअघि पनि विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेका संस्थापक शेयर बिक्रीका लागि पटक–पटक सूचना जारी गर्दै आएको छ। संस्थापक शेयरको स्वामित्व हस्तान्तरण गर्दा बैङ्क तथा नियामक निकायले तोकेको प्रचलित प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको छ।
कुमारी बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
