
सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १५ हजार २७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
बैङ्कले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई मात्रै खरिद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएपछि अब अन्य इच्छुक व्यक्ति तथा संस्थालाई पनि शेयर खरिदको अवसर दिइएको बैङ्कले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको बालुवाटारस्थित बैङ्कको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ।
बैङ्कका अनुसार प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था बमोजिम शेयर बिक्री प्रक्रिया अघि बढाइनेछ।
सांग्रिला डेभलपमेन्ट बैङ्कको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
