संस्थापक शेयर बिक्री गर्दै समृद्धि फाइनान्स कम्पनी



समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बिक्री हुन लागेको सो संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १०० रहेको छ ।

यसमा १३ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले १३ असारबाट प्रति कित्ता कतिमा किन्न चाहेको हो सोको जानकारी खुलाइ सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x