एनएमबि बैङ्कद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रि–ओन्ड ईभी कर्जा सुरु

एनएमबि बैङ्क लिमिटेडले व्यक्तिगत तथा विभिन्न सङ्घ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैङ्किङलाई प्राथमिकता दिँदै आएको बैङ्कको यस पहलले नेपालमा चार पाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैङ्कका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् । बैङ्कले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैँ नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x