डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष २५ गते, सोमबार दिनको ३:०० बजे बसेको सञ्चालक समितिको ३२५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २१.०५२६३२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. १३ करोड ८७ लाख ४९ हजार ८३३ रुपैयाँ २८ पैसा बराबरको बोनस शेयर र ११.०५२६३२ प्रतिशतले हुन आउने रकम रु. १५ करोड ३३ लाख ५५ हजार ८४ रुपैयाँ ७३ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा २१.०५२६३२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ११.०५२६ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
Click here to view the notice.