दिव्यश्वरी हाईड्राेपावर लिमिटेडले यही पौष २७ गते बुधबारकाे दिन ७ औँ, ८ औँ, ९ औँ र १० औँ वार्षिक साधारण सभा संयुक्त रूपमा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १४ गते देखि पौष २७ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १३ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा स्काईदरवार ब्याङ्क्वेट्स प्रा.लि. बग्गीखाना छेउ सिंहदरबार, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को संयुक्त वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण सहितको छुट्टाछुट्टै लेखा परीक्षण प्रतिवेदनहरू उपर छलफल गरी पारित गर्नेछ ।
 
कम्पनीले साधारण सभा स्काईदरवार ब्याङ्क्वेट्स प्रा.लि. बग्गीखाना छेउ सिंहदरबार, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को संयुक्त वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आ.व २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण सहितको छुट्टाछुट्टै लेखा परीक्षण प्रतिवेदनहरू उपर छलफल गरी पारित गर्नेछ ।
 
         
             
     
    
 
     
                                 
     
     
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            