बुवा केयरद्वारा अत्याधुनिक सुविधा सम्पन्न डाइग्नोस्टिक सेन्टर सञ्चालनमा

काठमाडौँमा एक समारोहका बिच बुवा केयर प्रा.लीद्वारा एशियन डाइग्नोस्टिक सेन्टर, डिल्लीबजारको व्यवस्थापन जिम्मा लिएको छ । बुवा केयरका म्यानेजिङ डाइरेक्टर शङ्कर पोखरेलले अव संस्थाको अध्यक्षता गर्नुहुनेछ । पोखरेल १६ वर्षको व्यावसायिक बैङ्किङ करियरलाई विश्राम दिँदै सो क्षेत्रमा प्रवेश गर्नुभएको हो । नवनियुक्त अध्यक्ष पोखरलेले संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने, चौबिसै घण्टा ल्याब र फार्मेसी सेवा सञ्चालन गर्ने तथा बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म वरिष्ठ डाक्टरहरूबाट ओपिडी सेवा समेत सुरु गरेको जानकारी दिनुभएको छ ।

बुवा केयर प्रा.ली. ले विगत १ वर्ष देखि निःशुल्क रूपमा वृहत् स्वास्थ्य शिविरहरू गर्दै आइरहेको छ भने स्थापनाको छोटो समयमै विभिन्न क्षेत्र तथा ठाँउहरुमा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा वृहत् स्वास्थ्य शिविर, वृहत् आँखा शिविरहरूको आयोजना गर्दै आइरहेको छ । बुवा केयरले विशेष गरी बुवा तथा आमाहरूलगायत आफ्ना सदस्यहरूका विशेषज्ञ स्वास्थ्य जाँच, गुणस्तरीय प्याथलोजिकल चेक जाँच, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x