एनएमबी बैङ्कले ल्यायो नयाँ ईभीका लागि ‘अटो कर्जा’ योजना, आधार दरमा थप ०.५ प्रतिशत ब्याज

एनएमबी बैङ्क लिमिटेडले नयाँ विद्युतीय सवारी साधन (ईभी) खरिदका लागि विशेष ‘इभी अटो कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैङ्कले नाइमा अटो एक्सपो २०२६ लाई लक्षित गर्दै आधार दरमा थप ०.५ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।

वातावरणमैत्री यातायात तथा दिगो बैङ्किङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त कर्जा योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने बैङ्कले जनाएको छ। नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज, छिटो र सरल प्रक्रियामार्फत कर्जा उपलब्ध गराउने बैङ्कको भनाइ छ।

कर्जा सुविधामा इच्छुक ग्राहकले नाइमा अटो एक्सपोमा रहेको एनएमबी बैङ्कको स्टल नम्बर ०५ वा देशभर रहेका बैङ्कका कुनै पनि शाखामार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x