
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको २ लाख ६१ हजार ७३५ कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ।
कम्पनीले हालका लागि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको टंगालस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था अनुसार उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
