ह्युन्डाई नेपालद्वारा मेड-इन-नेपाल भेन्यु र भेन्यु एन लाइन सार्वजनिक

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ मेड-इन-नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ। नयाँ डिजाइन, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहितको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

मेड-इन-नेपाल भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी पछाडिको बत्ती, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्यागजस्ता सुविधा छन्। यो १.२ लिटर र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ।

त्यस्तै, भेन्यु एन लाइनमा एन-ब्रान्डेड सिट तथा एलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी-कलर क्ल्याडिङ र विशेष एन लाइन स्टाइलिङ एलिमेन्टहरू दिइएको छ। यसले भेन्युको प्रविधि, आराम र व्यावहारिकतासँगै थप स्पोर्टी र गतिशील ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

मेड-इन-नेपाल भेन्युको सुरुवाती मूल्य रु. ४८ लाख ९६ हजार रहेको छ। यो एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ। त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य रु. ६७ लाख ९६ हजार रहेको छ।

मेड-इन-नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन नेपालभरका ह्युन्डाई शोरुममा उपलब्ध छन्। ग्राहकले नजिकैको ह्युन्डाई शोरुममा पुगेर नयाँ गाडीको डिजाइन, प्रविधि तथा ड्राइभिङ अनुभवबारे थप जानकारी लिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x