नआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयर धनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको १७४औँ बैठकले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने निर्णय प्रस्ताव गरेको हो।
उक्त प्रस्तावलाई अन्तिम स्वीकृति दिन कम्पनीले आगामी भदौ २६ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा २०८३ असार मसान्तसम्मको वित्तीय विवरणसहित वासलात प्रस्तुत गरिनेछ।
यसै गरी, सभाले सञ्चालक समितिबाट प्रस्तावित ५० प्रतिशत नगद लाभांश वितरणसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ।
एनआईसी एसिया क्यापिटलले प्रस्ताव गर्यो ५० प्रतिशत नगद लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
