भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे प्रभु बैङ्क र सौराहा का १६ भन्दा बढी विभिन्न होटेल तथा रेस्टुरेन्ट बिच छुट सम्झौता

प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटेल तथा रेस्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटर की प्रमुख साङ्ग्रिला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थल का रूपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणीय एवं धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्य का रूपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेश बाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिङे गैँडा, विभिन्न प्रजातिका चराचुरुङ्गी, मृग जस्ता जङ्गली जनावरहरू एवं वन तथा वन्यजन्तुहरूको आरक्षणको अवलोकन का निम्ति जिप सफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरूको सांस्कृतिक,पुरातात्त्विक एवं मौलिक किसिमको नृत्य पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैङ्क लि.का कर्मचारीहरूका लागि आवासमा ८% देखी १५% तथा खाना तथा पेय पदार्थमा १०% देखी १५% सम्मका छुटहरू प्राप्त गर्न सकिने छ । सहभागी होटेलहरूको सुची निम्नअनुसार समावेश छ:  Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x