मुक्तिनाथ विकास बैङ्क लि. र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (Alternative Energy Promotion Center) बिच Sustainable Energy Challenge Fund-SECF अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम बैङ्कले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैङ्कको सो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरूमा सहज रूपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । विगतदेखि नै बैङ्कले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । सो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको छ ।
उक्त सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोह बिच हस्ताक्षर गर्नु भएको छ ।
 
मुक्तिनाथ विकास बैङ्क र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबिच सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            