connectIPS सँगको सहकार्यमा एन आई सी एशिया बैङ्कले ल्यायो  "Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

एन आई सी एशिया बैङ्कले connectIPS सँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ (MoBank) ग्राहकहरूका लागि "Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोबाइल बैङ्किङ ग्राहकले सो बैङ्कको मोबाइल बैङ्किङ (MoBank) एप प्रयोग गरी connectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतवारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गर्ने र उक्त विजेताको जानकारी एन आई सी एशिया बैङ्कको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक हुने सो बैङ्कल जनाएको छ ।

Fund Transfer गर्न आफ्नो मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैङ्किङको बढ्दो प्रयोग र लोकप्रियतालाई सो अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैङ्कले लिएको बताएको छ । हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग ग्राहकहरूले MoBank एप प्रयोग गरिरहका छन् भने मोबाइल बैङ्किङमा रहेको connectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x