
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख १८ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।