सन्राइज बैंकको शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार

ज्ञानमाण्डू। सन्राइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेको छ । 

शनिबार, मिति २०७८/०४/०९ मा आयोजित छुटा छुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, सन्राइज बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी गा.पा.को प्रमुख श्रीमती उमा शंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ । 

साथै ए.टि.एम सेवा समुद्घाटन कार्यक्रम सन्राइज बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री सुनिल मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक श्री धुब्र बहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री राम दिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको बैंकले उल्लेख गरेको छ । 


सो अवसरमा ए.टि.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टि.एम सेवा अन्तर्गत ए.टि.एम कार्ड र बिना ए.टि.एम कार्ड मार्फत (Sunrise Smart+ app मार्फत Cardless Cash Withdrawal) कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणका प्रहरी कर्मचारीहरु र स्थानिय जनसमुदायलाई लक्षित गरी  बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडे, उदयपुरमा आफ्नो ७८ औं शाखारहित बैंकिङ्ग सेवाको मिति २०७८/०४/०२ शनिबार सुुरुवात गरेको थियो । हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x