
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २२ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बुधबारसुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको देख्न सकिन्छ ।