सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले श्रावण ३२ गते (आज) देखि आइपिओ जारी गर्दै छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरमा ९६ लाख कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १०० अङ्कित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मूल्य रु. २३९ मा १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई प्रथम चरणमा बाँडफाँड गरी, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई रु. १०० अङ्कित मूल्यमा ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी रहने ७६ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) भाद्र ०४ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र १४ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैँकिङ्ग लिमिटेड रहेको छ ।
सन नेपाल लाइफ इन्स्याेरेन्सले आज देखि आइपिओ निष्काशन गर्दै, प्रति कित्ता मूल्य कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
