सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १५ गते (आज) देखि आइपिओ जारी गर्दै छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १५ लाख कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरमा १ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीहरूलाई ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सुरक्षित गरी प्रति शेयर रु. १०० अङ्कित दरमा प्रिमियम रु. १४४ थप गरी जम्मा मूल्य रु. २४४ मा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरी बाँकी रहने ९० लाख कित्ता शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) भाद्र १९ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र २९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
सिटिजन लाइफ इन्स्याेरेन्सले आज देखि आइपिओ निष्काशन गर्दै, प्रति कित्ता मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
