गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्स लिमिटेडले २०८१ साल पौष २१ गते देखि आइपिओ जारी गर्दै छ । कम्पनीले रु. १०० अङ्कित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।
कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन पाउनेछन् ।
सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) पौष २४ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ ६ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
आज देखि गार्डियन माइक्रो लाइफ इन्स्याेरेन्सको आइपिओ विक्री खुल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
