यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू



साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर २०४५ दशमलव ४४ को विन्दुमा कायम भएको छ। आज कूल २७८ कम्पनीहरूका ५६ लाख ३ हजार १७९ कित्ता शेयर रु. २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १८ करोड ५ लाख ८९ हजार ६२७ बराबरको शेयर कारोबार भएको छ।

यता, सोल्टी हाेटल लिमिटेडको रु. ७ करोड ६२ लाख १५ हजार ५६३ कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ५ करोड ७७ लाख ७५ हजार ५६३ र एभरेष्ट बैङ्क लिमिटेडको रु. ५ करोड १८ लाख ९१ हजार ७९६ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x