धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव १७ अङ्कले बढेर १८६३ दशमलव ९४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले बढेर ३५८ दशमलव ४० को विन्दुमा पुगेको छ ।
आज कूल २८८ कम्पनीहरूका ३१ लाख ५७ हजार ०६२ कित्ता शेयर रु. ७८ करोड २७ लाख ४३ हजार २६४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह १३ दशमलव ७५ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३३.०१ अङ्कले, लगानी उपसमूह शून्य दशमलव २८ अङ्कले र निर्जीवन बिमा २२ दशमलव ७३ अङ्कले घटेको छ । यता, बैङ्किङ उपसमूह २ दशमलव ९९ अङ्कले बढ्दा वित्त उपसमूह ५ दशमलव ३८ अङ्कले, जलविद्युत उपसमूह १२.६१ अङ्कले, जीवन बिमा उपसमूह ५०.३२ अङ्कले, उत्पादन उपसमूह ५७.५० अङ्कले, लघुवित्त उपसमूह ८.४२ अङ्कले, अन्य उपसमूह १०.३२ अङ्कले र ट्रेडिङ उपसमूह ५.५० अङ्कले बढेका छन् भने सामूहिक लगानी कोष उपसमूह यथावत् नै रहेको छ ।
धितोपत्र बजारमा ३१ लाख ५७ हजार ०६२ कित्ता शेयर कारोबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
